झापा : झापाका १० वटा स्थानीय तहमा नेकपा एमालेको कार्यपालिकामा बहुमत हुने देखिएको छ । 

झापाका १५ वटा स्थानीय तह मध्ये ५ वटामा भने अन्य दलको बहुमत रहेको छ । झापाको मेचीनगर, बुद्धशान्ती, बिर्तामोड, कनकाई, शिवसताक्षी, कमल, गौरादह, दमक, अर्जुनधारा र भद्रपुरमा एमालेले नगरसभा सदस्यमा धेरै स्थानमा जित हासिल गरेको छ ।

नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलले सबै नगरपालिकामा एमालेको बहुमत देखिएको बताए । उनले अन्य पालिकामा पनि अन्य दल सँग तालमेल गरेर कार्यपालिकाको चुनावमा भाग लिने विषयमा छलफल भइरहेको जानकारी दिए ।

झापाको मेचीनगर, बिर्तामोड, शिवसताक्षी, गौरादह, अर्जुनधारा, बाह्रदशीमा एमालेले प्रमुख र उपप्रमुख जितेको छ । यस्तै कचनकवल, बुद्धशान्ती, कमल, गौरीगञ्जमा एमालेले उपप्रमुख जितेको छ भने कनकाईमा प्रमुख एमालेबाट निर्वाचित भएका छन् ।