धरान : मोरङको जहदा गाउँपालिका–२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

ज्येष्ठ ६ गते राती ९ बजे घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेर फरार भएका थिए । 

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई ज्येष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।