विराटनगर : स्वतन्त्र पत्रकार सङ्घ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ। पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुङ्गेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्य द्वयमा चेतन खड्का र सुमन पोख्रेल छन्। 
स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्डारीको उपस्थितिमा भएको भेलामा सङ्घका केन्द्रीय सदस्य द्वय महानन्द सापकोटा, महाप्रसाद खतिवडा, मोरङ शाखाका संस्थापक सदस्य उद्धव घिमिरे, प्रदेश नम्बर १ का संयोजक एवं मोरङ अध्यक्ष विजय खतिवडालगायतको उपस्थिति थियो। 
सङ्घको केन्द्रीय अधिवेशन यही जेठको २१ र २२ गते दुई दिन नवलपरासीको मौलाकालीमा हुने भएकोले प्रतिनिधिहरूसमेत छनोट गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए।