धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । 

आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई  करेन्ट लागि स्थानीय ४० वर्षीय जीवानन्द मेहेता  गम्भीर घाइते भएका थिए ।

घाइते मेहेतालाई उपचारको लागी  जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्‍याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।