चतरा : शुक्रवार वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की कोशिटप्पु वन्यजन्तु आरक्षसँग जोडिएका बस्तीमा पुगेर स्थानीयहरूको गुनासो सुनेका छन्। 
वराहक्षेत्र नगरपालिका वडा नं ९, १० र ११ का आरक्षण नजिकका बस्तीहरूमा जङ्गली हात्ती, अर्ना लगायतका जङ्गली जनवारको त्रासमा स्थानीयहरू बस्न बाध्य रहेका छन् । स्थानीयले लगाएका अन्नबालीसँगै धन र जनको समेत आरक्षणबाट निस्किएको हात्ती र अर्नाले क्षति गर्ने गरेको स्थानीयहरू बताउँछन् ।
आरक्षणसँग जोडिएका धरहरा टपन, बकुल्ला चाप, नयाँ मधुवन, शुक्रबारे लगाएका बस्तीमा जङ्गली जनबारले सताउने गरेको छ। ९ नम्बर वडाका अध्यक्ष निरञ्जन मण्डक चन्द्रवंशी, १० नम्बर वडाका अध्यक्ष तेजबहादुर गुरुङ सहित बस्तीमा पुगेका नगर प्रमुख कार्कीले जङ्गली जनावरबाट हुने क्षति र जोखिम नियन्त्रणकालागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए । उनले वन्यजन्तु आरक्षणसँग छलफल गरी प्रदेश सरकार र सङ्घीय सरकारको योजना ल्याएर बस्तीलाई सुरक्षित बनाउन लाग्ने बताए ।
मेयर कार्कीले जङ्गली जनबारले क्षति गरेका संरचना, नष्ट गरेको अन्नबालीको अवलोकन तथा  स्थानीयहरूको गुनासो सुनेका थिए ।