धरान : धरान उपमहानगरपालिका वडा नं ६ को वडा कार्यालयको पहिलो बैठकले २ वटा जनप्रिय काम गर्ने निर्णय गरेको छ। वडाअध्यक्षमा निर्वाचित भूपेन्द्र भट्टराईको अध्यक्षतामा बसेको पहिलो बैठकले वडामा रहेका अव्यवस्थित तथा भूमिहीन सुकुम्वासी परिवारका सदस्यको मृत्यु भएमा स्थानीय सरकारको प्रत्याभूति गराउन मापदण्ड बनाएर किरिया खर्च १५ हजार दिने निर्णय भएको छ। 
वडामा सुत्केरी आमालाई पोषणयुक्त खानालागि ५ हजार रकम वा सो बरावरको पौष्टिक आहार वडाबाट उपलब्ध गराउने निर्णय समेत भएको अध्यक्ष भट्टराईले जानकारी दिए।
शुक्रवार बसेको पहिलो बैठकले ५ वर्ष सम्म नागरिकको सेवा वडाको विकास र संवृद्धिमा योगदान पुर्‍याएको भन्दै वडाका निवर्तमान जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन समेत गरेको छ।
dharan-6-nirnaya