धरान : धरानको खानेपानीको मुहान आपगाछी क्षेत्रमा आज धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले सरसफाइ गरेको छ ।

सरसफाइको क्रममा १० बोरा फोहोर संकलन भएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । १५ जना नगर प्रहरीले सो क्षेत्रमा पुगेर आज पहिलो पटक सरसफाइ गरेका हुन् । 

अव देखि खानेपानीको मुहान क्षेत्रमा कडा सुरक्षा निगरानी गरिने पनि नगर प्रहरी प्रमुख कोइरालाले बताए । खानेपानीको मुहान क्षेत्रमा नुहाउन, पिकनिक जान, लुगा धुन, घाँस दाउरा गर्न र मानिस समेत आवत जावत गर्न पुर्णरुपमा बन्देज गरिएको छ । सो क्षेत्रमा नगर प्रहरीले अव देखि नियमित डिउटी गर्ने छन् । 

Sarsafai-4आपगाछी क्षेत्र धरानको मुख्य खानेपानीको मुहान क्षेत्र भएकोले सो क्षेत्र सफा राख्नका लागि विगतमै मानिस आउजाउ गर्न र फोहोर फाल्न नपाइने निर्णय भएको थियो । तर कार्यान्वयनमा आउन सकेको थिएन । तर अव देखि सो क्षेत्रमा कडाइ गरिने नगर प्रहरी प्रमुख कोइरालाले बताए । अव उप्रान्त आपगाछी क्षेत्रमा गाडी रोकेर दिशा पिसाब गर्न पनि पुर्णरुपमा बन्द गरिएको छ । कसैले नियम उल्लङ्घन गरे कडा कारबाही गरिने पनि प्रमुख कोइरालाले बताए ।  

Sarsafai-5Sarsafai-2Sarsafai-5