धरान : बाझोगरा युवा क्लब धरान १५ को आयोजनामा सातौँ बाझगरा खुल्ला पुरुष महिला तथा अन्तर जिल्ला स्तरिय भलिबल कप हुने भएको  छ। आइतबार पत्रकार  सम्मेलन गर्दै असार २,३,४ गते भलिबल कप हुने बाझोगरा युवा क्लब धरानका अध्यक्ष कण केदेमले बताए ।

सातौँ बाझोगरा भलिबल कप प्रतियोगिता धरान-१५स्थित बगरकोटमा हुने भएको छ। खुल्ला पुरुष भलिबल प्रतियोगितामा २५सय ईन्ट्री-फी लाग्नेछ भने महिला प्रतियोगीहरूले १५ सय ईन्ट्री-फी लाग्ने छ भने भेट्रान तर्फ १५ सय ईन्ट्री-फी लाग्ने अध्यक्ष केदेमले बताए ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार दोस्रो पुरस्कार ६१ हजार  प्रमाणपत्र र ट्रफी पाउने छन् भने खुल्ला महिला भलिबल तर्फ प्रथम पुरस्कार ३० हजार र दोस्रो हुनेले २० हजार मेडल ट्रफी र प्रमाणपत्र  पाउने छन् भने अन्तर जिल्ला स्तरीय भेट्रान भलिबल तर्फ प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार  मेडल ट्रफी प्राप्त गर्ने आयोजक बाझोगरा भलिबल क्लबले जानकारी  गराएको छ ।

उक्त भलिबल प्रतियोगिता भरी व्यक्तिगत विधा तर्फ वेस्ट डिफेन्स, वेस्ट सटर, वेस्ट ब्लकर, वेस्ट सर्भर,वेस्ट स्पाईकर र सर्बाेत्कृष्ट खेलाडी  छनौट गरी नगद पुरस्कार सहित मेडल ,प्रमाणपत्र  प्रदान गर्ने अध्यक्ष केदेमले बताए ।