धरान : उदयपुरमा चालक निदाउँदा भएको दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । 

१ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार आज बिहान साढे २ बजे उदयपुरको कटारी -१४ चनौटे खोला स्थित सिद्धिचरण कच्ची सडक खण्डमा मालवाहक ना ८ ख ८२९७ नम्बरको लोबेट ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मकवानपुरको हेटौडाबाट  मिक्स सोलु हाइड्रोपावरको सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा  चालक बारा सिमरा-१ बस्ने वर्ष ३५ को सुजित घलान  सहचालक सोही स्थान बस्ने वर्ष २५ को नितेस खडका  ट्रकमा सवार वर्ष १७ को अनुज लामा, वर्ष ३७ को राजन तामाङको सहित ४ जनाको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनाको कारण चालक निदाएको बताइएको छ ।