धरान : सुनसरीको कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भिमनगर १३ लालपुर घर भई सुनसरीको कोशी गाउँपालिका ८ बस्ने रवीन्द्र शर्माको घरमा पाहुना आएका १६ वर्षीय राजेश शर्मा रहेका छन् । 

आज दिउसो पौने १ बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखी उपचारको लागी स्थानिय क्लिनिक भण्टाबारीमा लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शवको पोस्टमार्टमको लागी जिल्ला अस्पताल इनरुवा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ ।