धरान : सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । 

चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण  कार्यमा खटिएका  सुनसरी  धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटी गई पहिरोमा पुरिएका दुवै जनाको उद्धार गरी शव परीक्षणको लागी जिल्ला अस्पताल खाँदवारि पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Pahiro-4Pahiro-1Pahiro-3