धरान : जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संलग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका–५  पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जीवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका–६ बाट हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूले चलाई रहेको अवस्थामा फेला पारी दुवै जनालाई मिक्लाजुङ गाउँपालिका–६ शखधर चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरूले नै झापाका विभिन्न स्थानहरूबाट चोरी गरेका अन्य ३ थान मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।