झापा : झापाको बिर्तामोड स्थित ग्राण्ड प्यासिफिक होटेलमा सुसाइड नोटसहित  एक युवक मृत फेला परेका छन् । 

गौरीगन्ज गाँजपालिका -१   मा भाराका प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

होटलको ४०१ नम्बर कोठामा ती व्यक्ति मृत फेला परेका हुन् । मृतक भट्टराई बुधबार बिहान कोठाबाट बाहिर ननिस्केपछि शंका लागेर कोठाको ढोका खोल्दा मृत भेटिएको होटलका कर्मचारीले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।