इटहरी : इटहरी अस्पतालमा उपचार हुन नसक्ने बिरामीले स्वास्थ्य चौकीबाटै रेफर पाउने भएका छन् । यसअघि इटहरी अस्पताल आउनै पर्ने बाध्यताका बीच अब सम्बन्धित स्वास्थ्य चौकीले रेफर गरेको मान्य हुने भएको हो ।
इटहरी अस्पताल संचालक समिति संयोजक तथा नगर प्रमुखले हेमकर्ण पौडेलले स्वास्थ्य बिमाका सेवाग्राहीको सुविधालाई ध्यानमा राखी सो निर्णय गरिएको बताए । जेठ १८ गते देखी लागु हुने गरी व्यवस्था कार्यान्वयन गरिने उनको भनाइ छ । 
इटहरी अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका हाँसपोसा, पकली, एकम्बा र खनार स्वास्थ्य चौकीबाट रेफर गर्ने व्यवस्था मिलाइएको छ । जेठ १७ गते इटहरी अस्पतालको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।