धरान : धरान-१३ मा रहेको गुरुकुल फाउन्डेसन पुनर्स्थापना केन्द्रमा गएराति एक जनाको मृत्यु भएको छ। 

दुव्र्यशन सम्बन्धी उपचार गर्ने सुधार तथा पुनर्स्थापना केन्द्रको रुपमा सञ्चालनमा रहेको गुरुकुल फाउन्डेसनमा उपचारका लागि आएका काभ्रे घर भएका र हाल झापाको दमकमा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका ४० वर्षीय सन्तोष दाहालको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

मृतक मादक पदार्थ सेवनकर्ता रहेको र कुलतबाट छुटाउनका लागि जेठ १३ गते सो पुनर्स्थापना केन्द्रमा भर्ना भएका थिए। मृतकको शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए। मृतकको परिवार समेत सम्पर्कमा आइसकेकोले पोस्टमार्टम पछि शव जिम्मा लगाइने बताइएको छ ।