धरान : मोरङको विराटनगर महानगरपालिका–४ बाट  राजश्व छली अवैध रूपमा विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको ४० लाख बराबरको समान सहित १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतीय नागरिक जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627  नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नट बल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रूपमा राजस्व छली गरी इटहरीतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।

अवैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।