इटहरी : प्रदेश १ का दुई उपमहानगरपालिका धरान र इटहरी सुनसरी जिल्लामा पर्छन् । दुवै राजनैतिक र विकासको हिसाबमा प्रतिस्पर्धामा छन् । तर पछिल्लो समय आन्तरिक आम्दानी र बजेटमा पनि इटहरीले धरानलाई  पछि पार्दै आएको छ ।

सङ्घीय सरकारले हालै सार्वजनिक गरेको बजेटमा पनि धरान भन्दा इटहरी अगाडि छ । इटहरीले ९५ करोड २३ लाख रुपैयाँ बजेट पाउँदा धरानले ८३ करोड ४ लाख बजेट पाएको छ । अघिल्लो आर्थिक वर्षमा धरानले ८६ करोड ७७ लाख बजेट पाउँदा इटहरीले  ८२ करोड ४३ लाख पाएको थियो । 

यस्तो छ सुनसरीका १२ पालिकाको सङ्घीय बजेट 

इटहरी उप-महानगरपालिका : ९५ करोड २३ लाख

धरान उप-महानगरपालिका : ८३ करोड ४ लाख

इनरुवा नगरपालिका : ४८ करोड ३ लाख

दुहबी नगरपालिका : ४९ करोड ७ लाख

वराहक्षेत्र नगरपालिका : ६२ करोड ७५ लाख

रामधुनी नगरपालिका : ४४ करोड ८३ लाख

कोशी गाउँपालिका : ३९ करोड ६८ लाख

गढी गाउँपालिका : २९ करोड ५७ लाख

देवानगञ्ज गाउँपालिका : ३६ करोड ४६ लाख

बर्जू गाउँपालिका : ३२ करोड ४९ लाख

भोक्राहा नरसिंह गाउँपालिका : ३२ करोड १५ लाख

हरिनगर गाउँपालिका : ३९ करोड ५७ लाख