धरान : धरान-१० स्थित देवीथान लाइनमा रहेको भिआरसी मिट मार्ट एण्ड अर्ग्यानिक फुड्स र नजिकै रहेको रिङछेङ बेकरीमा गए राति चोरी भएको छ । 

भिआरसी मिट मार्ट एण्ड अर्ग्यानिक फुड्सको ग्रिलको चेन गेट फोरेर भित्र रहेको केही रकम, मोबाइल १ थान र काउन्टरमा रहेको घडीसँगै १५ वटा रेडवुल चोरी भएको भिआरसी मिट मार्ट एण्ड अर्ग्यानिक फुड्सका प्रोप्राइटर मदन तामाङले बताए । उनका अनुसार २,३ महिना अघि पनि चोरी भएकोले पसलमा रकम नराखिएकोले धेरै रकम चोरी नभएको प्रोप्राइटर तामाङले बताए । 

भिआरसीको पश्चिममा रहेको रिङछेङ बेकरीमा पनि चोरी भएको छ । बेकरीबाट सुनको औँठी २ थान, एउटा ब्रास्लेट गरी जम्मा १ तोला १२ आनि सुन र हजार बाह्र सय रकम चोरी भएको छ । झोलामा राखिएको सुनको औँठी र ब्रास्लेट लगेर झोला फालिएको अवस्थामा बिहान फेला परेको बेकरीका शर्मिला राईले बताइन् ।

भिआरसी मिट मार्ट एण्ड अर्ग्यानिक फुड्सको कार्यालयमा रहेको सिसी टिभीको फुटेज अनुसार चोरी राति १ बजे तिर भएको देखिएको छ । सिसी टिभी फुटेजमा अनुहार चिनिने गरी दुई जना भित्र छिरेको देखिएको छ । 

घटनाको बारेमा इलाका प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले बताए।

ChoriChori-1Chori-3