धरान : मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबी एक जनाको मृत्यु भएको छ । 

हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ वर्षीय जोगलाल सरदारको पानीमा डुबी  मृत्यु भएको हो । पानीमा डुबी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा  घरमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।