धरान : धरानकै मुटु भानुचोक नजिक धरान-९ पुतली लाइनमा क्लाउड नाइन लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । क्लाउड नाइन लाउन्ज एण्ड बार धरान-९ पुतली लाइन सैलुङ डिपार्टमेन्टल स्टोर र लक्ष्मी बैङ्कको सबैभन्दा माथिल्लो तला रहेको छ । शनिवार धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले रिबन काटेर बारको उद्घाटनको गरेका छन् ।

धरानको आन्तरिक  तथा बाह्य पर्यटकलाई ध्यानमा राखी करिब १ करोड ५० लाखको लगानीमा खोलिएको हो । यस लाउन्जमा ग्राहक वर्गले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरू, बार, क्याफे, मिटिङ, सेमिनार तथा विभिन्न कार्यक्रमका लागी हलको व्यवस्था गरिएको छ ।

एसी सहितको  सुविधा सम्पन्न तथा अत्याधुनिक साउन्ड सिस्टम रहेको छ । एक पटकमा १५० जनाको सम्मको सिट  क्षमता रहेको छ । सुरुवाती चरणमा सेवा दिनको लागी १२ जना कर्मचारी राखिएको छ भने आवश्यकता अनुसार कर्मचारी परिपूर्ति  पनि गरिने सञ्चालक मान बहादुर  मगरले जानकारी  दिएका छन् ।

सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी अत्याधुनिक सिसी क्यामरा, सेक्युरिटी गार्ड सहित पार्किङको सुविधा पनि रहेको सञ्चालक   मगरले बताए । ग्राहक वर्गको लागी विशेष अवसरहरूमा चर्चित कलाकारहरुसंगको सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमहरूको पनि आयोजना गरिनेछ ।

होटल व्यवसायमा भएको अनुभवलाई सँगालेर धरानमा नयाँ अवधारणाका साथ नमुना व्यवसायी उत्तम काकी, मान बहादुर मगर, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्र बहादुर पाण्डे र तिलक पाण्डेको संयुक्त लगानीमा क्लाउड नाइन लाउन्ज एण्ड बार सञ्चालनमा आएको हो।