धरान : नेपाली काँग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले स्थानिय तहको निर्वाचन पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उखान टुक्का बन्द भएको बताए । 

नेपाली काँग्रेस धरान उपमहानगरले आइतबार आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गठबन्धनले देश व्यापी सफलता हासिल गरेको र नेकपा एमालेलाई पछि पारेपछि एमाले अध्यक्ष ओलीको उखान टुक्का बन्द भएको बताए । उनले स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर सफलता प्राप्त गरेपछि विपक्षीको फुरफुर पनि हराएको बताए । कार्यक्रममा स्थानिय तह निर्वाचनको बारेमा व्यापक चर्चा परिचर्चा भएको थियो । 

कार्यक्रममा नेपाली काँग्रेसका विजयी जनप्रतिनिधिहरू र पार्टीबाट उम्मेदवारको टिकट पाएकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति अनिल श्रेष्ठ, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाली काँग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेल लगायतले स्थानिय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

Congress-1Congress