धरान : सुनसरीको हरिनगरा गाउँपालिका–४ बाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओम प्रकाश पाल रहेका छन् । विशेष सूचनाको आधारमा गए राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा-४ का डोमी मेहताको घरमा पाहुना आएका पालको BR 39J 6835  नम्बरको मोटरसाइकलको डिकी भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउन्ड गोली सहित बरामद गरेको हो ।

कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ