धरान : श्री कृष्ण दल गण इटहरी व्यारेक, नेपाली सेना कल्याणकारी कोष र आइडल इङ्लिस बोर्डिङ स्कुल धरान-१४ बिच शैक्षिक सहयोग र सहकार्य गर्नका लागि दुई बुँदे सहमति भएको छ । 

अब देखि आइडल इङ्लिस बोर्डिङ स्कुलमा भूतपूर्व नेपाली सेना र बहालवाला सेनाका छोराछोरीले कक्षा ४ देखि १२ सम्म १० जनाका दरले सैनिक विद्यालयमा झैँ अध्ययन गर्न पाउने गरी दुई पक्षबिच सहमति भएको छ । 

नेपाली सेनाका छोराछोरीको पढाइमा नेपाली सेनाको कल्याणकारी कोषले बेहोर्ने छ भने न्यूनतम शुल्क मात्रै लाग्ने आइडल इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल सागर खडकाले बताए । कक्षा-४ देखि १२ सम्म एउटा कक्षामा १० जनाको कोटा हरेक शैक्षिक सत्रमा निर्धारण गरिएको छ । सोही कोटा अनुसार नेपाली सेनाका छोराछोरीलाई विद्यालयमा भर्ना हुन पाउनेछन् । 

मंगलबार भएको सम्झौता पत्रमा आइडल इङ्लिस बोर्डिङ स्कुलको तर्फबाट प्रिन्सिपल सागर खड्का र भाइस प्रिन्सिपल मनोज गुरुङ र नेपाली सेनाका प्रमुख सेनानी अर्जुन दुलाल र सुनसरी जिल्लाका फोकल पर्सन नबल कुमार खडकाले हस्ताक्षर गरेका छन् । 

गुणस्तरीय शिक्षाको लागि शैक्षिक सहयोग आदान प्रदान गर्ने मुख्य उद्देश्यका साथ सम्झौता भएको हो । बेलायत सरकारद्वारा अन्तर्राष्ट्रिय स्कुल अवार्ड-२०२० बाट समेत आइडल इङ्लिस बोर्डिङ स्कुल सम्मानित भइसकेको छ ।

Ideal-School-2Ideal-School-3