धरान : मेगा बैङ्क धरानले धरान उपमहानगरपालिकाको धरानलाई सफा र स्वच्छ बनाउने अभियानमा सहयोग गरेको छ। 
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरानलाई सफा र स्वच्छ बनाउने अभियानलाई सफल बनाउन १० वटा डस्बीन हस्तान्तरण गरेको हो । 
धरानको भानुचोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, बैङ्कका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो । 
कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राईले धरानलाई सफा र स्वच्छ बनाउने अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैङ्कलाई धन्यवाद दिए । 
मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तीय साक्षरतामा मेगा बैङ्कसँग सहकार्य गर्ने बताए । बैङ्कबाट हस्तान्तरण गरिएका डस्बीनहरु भानुचोक वरपर राखिने भएको छ।
mega-bank-dustbin-2