धरान : धरानमा केही दिन अघि पेप्सी, कोक र स्प्राइट लगायतको चिसो पेय पदार्थमा लेदो भेटिएको जनगुनासो आएपछि मंगलबार धरान उपमहानगरपालिकाबाट केही नमुना सङ्कलन गरी परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ । 

धरानमा पेप्सी तथा स्प्राइटमा लेदो भेटिएको भन्ने जनगुनासो आएको र सञ्चार माध्यममा समाचार समेत प्रसारण भए पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको समन्वयमा नमुना सङ्कलन गरिएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । 

गर्मियाममा उपभोक्ताले बढी चियो पेय पदार्थ खाने भएकोले जनगुनासो आए अनुसार तत्काल मंगलबार सगुन ट्रेडर्स धरान-१२ र बाबा इन्टरनेश्नल प्राली धरान-८ धनकुटे रोडमा रहेको डिलरबाट १० प्रकारका पेप्सी, कोक, डिउ, फेन्टा, इनर्जी ड्रिङ्क, स्लाईस र स्प्राइट सङ्कलन गरी नमुना परिक्षणीका लागि पठाइएको हो । सङ्कलन गरिएको पेय पदार्थ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा पठाइएको अधिकृत सापकोटाले बताए ।  

Parikchhan-1Parikchhan-3