धरान : मोरङको बिराटनगर महानगरपालिका–११ बाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरेको  छ । 

मंगलबार दिउसो ११ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर–११ मा रहेको शिवम गणपति ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको  अन्दाजी मूल्य ६ लाख ७१ हजार रुपैयाँ बरावरको मासको दाल १९७ बोरा, पहेँलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो ।

बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।