रश्मि प्रधान 

धरान : हस्पीटालीटी इन्डस्ट्री र पर्यटनको प्रवद्ध गर्ने उद्देश्यका साथ अन्तर कलेज प्रदेश स्तरीय यूएन सेफ प्रतियोगिता  हुने भएको  छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै  उक्त प्रतियोगिता असार ६ गते युएन कलेजमै हुने  जानकारी  दिएको छ ।

शिक्षा नै परिवर्तनको मूल सम्बाहक हो भन्ने मूल नारालाई शिरोधार्य गर्दै, नवोदय +२ र युएन कलेजले  विगत १० वर्ष अघि देखि शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका गर्दै आएको र   बेरोजगारले गर्दा देश नराम्ररी गुडिरहेको अवस्थामा रोजगार मुखी व्यवहारिक र आत्म निर्भर हुन सक्ने शिक्षा आजको आवश्यकता भन्ने कुरालाई मध्य नजर गरी विगत एक दशक अघि देखि म्यानेजमेन्ट +२ र स्नातकमा विएचएम विषय सञ्चालन गर्दै आएको कलेज क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी  दिए । 

युएन सेफ  प्रतियोगितामा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने  कलेज प्रमुख तुम्बापोले बताए । उक्त प्रतियोगितामा हरेक कलेजबाट अधिकतम २ वटा ग्रुपले भाग लिन पाउने छन् र  एउटा ग्रुपमा २ जना विद्यार्थी रहने  युएन कलेजका होटेल म्यानेजमेन्ट कोर्डिनेटर गगनमान श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेताले नगद साथै विएचएम अध्ययनमा छात्रवृत्ति सहित १ लाख बराबरको पुरस्कार र ट्रफि प्राप्त गर्ने छन् । फस्ट रनर अपले ५० हजार बराबरको छात्रवृत्ति प्राप्त गर्ने छन् साथै सेकेन्ड रनर अपले ३० हजार बरावरको पुरस्कार र छात्रवृत्ति प्राप्त गर्ने कलेजका अध्यक्ष ज्ञानेश्वार झाले बताए ।