धरान : तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 
तेह्रथुमको म्याङ्लुङ नगरपालिका १ को भित्री सडक खण्डबाट म्याङ्लुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका-५ ईसिबुका २६ वर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। 
यसै गरी पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा बुधवार दिउँसो ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्करले र विपरीत दिशा तर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक रामधुनी नगरपालिका-७ सुनसरीका २६ वर्षीय प्रेम घिसिङको उपचारको क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।