चतरा : सङ्घीय सरकारले अन्तर्गत सहरी विकास मन्त्रालयबाट वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित सखुवा चोकदेखि उदय चोक हुँदै  गौरी खोला र सूर्य चोक जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड बजेट विनियोजन भएको छ। 
उक्त सडकको स्तरोन्नतिकालागि नगर प्रमुख रमेश कार्कीले बजेट माग गरेका थिए। बजेट विनियोजन भएपछि नगर प्रमुख कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई धन्यवाद दिएका छन्। बजेट विनियोजन भएपछि स्थानीयहरुकोलागि नगर प्रमुख कार्की र मन्त्री ज्ञानेन्द्र बहादुर कार्की धन्यवादको पात्र बनेका छन्। 
उक्त सडकमा नगर प्रमुख कार्कीको पहलमा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको सहयोगमा बजेट विनियोजन भएको मन्त्री कार्कीको पूर्व स्वकीय सचिव एवम् नेपाली काङ्ग्रेसकी महासमिति सदस्य ममता तामाङले बताइन् । 
बजेट विनियोजन भएको उक्त योजना अब सहरी विकाशले टेन्डर प्रक्रिया मार्फत काम गर्ने छ।