धरान : इलामको माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० वर्षीय प्रदीप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । 

राईलाई हिजो दिउँसो २ बजे इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।