रश्मि प्रधान 

धरान : उद्योग वाणिज्य महासङ्घका केन्द्रीय निर्वतमान अध्यक्ष भवानी राणाले व्यावसायिक एकता नभएसम्म व्यवसायी अघि नबढ्ने बताइन् । 

शनिवार धरानमा सम्पन्न सुनसरी उद्योग वाणिज्य सङ्घको ३८ औँ साधारण सभालाई सम्बोधन गर्दै राणाले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर उद्योगले व्यवसायी  एकजुट नभए सरकारले उद्योगीलाई खासै महत्त्व नदिने बताइन् ।

साधारण सभामा ६ जना पत्रकार, २ जना उद्योगी व्यवसायीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । पुरस्कृत पत्रकारहरूमा अन्नपूर्ण पोस्ट दैनिकका सम्वाददाता रत्न आचार्य ,अर्थ  न्युजका ब्युरो प्रमुख  सन्तोष काफ्ले , एभिन्युजका सम्वाददाता विनय प्रधान दिब्यरोशनी साप्ताहिकका प्रधान सम्पादक मनिता चाम्लिङ, नेपाल टेलिभिजनका सम्वाददाता सन्तोष यादव, कान्तिपुर दैनिकका संवाददाता प्रदीप मेन्याङ्बोलाई नगद १० हजार सहित सम्मान पत्र र खदाले सम्मान गरिएको  थियो ।

यसै गरी उद्योगी व्याबसायीहरुमा मानमोहन श्रेष्ठ ,गणेश प्रसाद अग्रवाल सम्मानित  भएका थिए । सुनसरी उद्योग वाणिज्य सङ्घले  विशेष आतिथिहरु धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघा, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय  उपाध्यक्ष अन्जान श्रेष्ठ रहेका थिए ।