धरान : नेपाल  रेडक्रस सोसाइटी  विजयपुर उपशाखा धरानको आयोजनामा  सम्पन्न रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत सङ्कलन भएको छ । 

शनिवार धरान १४ दन्तकाली माविमा अध्यक्ष यशोदा कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरानको १४ न.  वडा कार्यालयको समेत सहकार्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले रगतको अभाव पुरा गर्न रक्तदान कार्यक्रमको आयोजना गर्न विभिन्न सङ्घ संस्थाहरूलाई अनुरोध गरेका थिए । धरान १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले रक्तदान कार्यक्रमलाई आफूहरूले प्राथमिकता दिने गरेको बताए ।

सेवाको कार्यमा सहयोग गर्ने सहयोगी र सम्पूर्ण रक्तदाताहरूलाई अध्यक्ष यशोदा कायस्थले धन्यवाद ज्ञापन गर्दै प्रंशशा पत्र प्रदान गरेका थिए । साथै धरान १४ , २     र ४ नम्बर वडाध्यक्ष र सदस्यहरूलाई  बधाई ज्ञापन र सम्मान पनि गरिएको थियो । कार्यक्रममा उपशाखाका पदाधिकारी एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।