धरान : धरान उपमहानगरपालिकामा कोरोना विरुद्धको मोर्डना खोप धमाधम लगाईदैछ । 

यो खोप यस भन्दा अघि पहिलो मात्रा लगाउन नपाएका देखि दोस्रो र बुस्टर डोजको रुपमा धरानका १६ वटा स्वास्थ्य संस्थाबाट खोप लगाइँदै गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

उनका अनुसार यो खोप पहिले जुनै खोप लगाएकाले पनि दोस्रो र बुस्टर डोज लगाउन सक्नेछन् । पहिले खोप लगाउन छुटेकाहरूले समेत पहिलो मात्राको खोप लगाउन सक्ने प्रमुख मेहेताले बताए । 

नेपाल सरकारले गएको जेठ २५ गते देखि सुरु गरेको कोरोना विरुद्धको यो खोप अभियान धरानमा जेठ ३० गते अन्तिम दिन हो । यो सँगै धरानमा कोरोना विरुद्धको अरू खोप अभियान पनि निरन्तर चलाइने बताइएको छ ।