चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ४ कौवा खोजमा आफ्नै दाजुले भाइलाई टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेका छन् ।
आइतबार बिहान करिब ५ बजेर ४० मिनेटको समयमा छेदी लाल राजधामीको छोरा वर्ष ३० को  देवराज राजधामीले आफ्नै १८ वर्षीय भाइ देवकुमार राजधामीलाई बन्चरोले टाउकोमा प्रहार गरेका थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार चुरोटको निहुँमा दाजुभाइको झगडा भएको थियो ।
बञ्चरो प्रहारबाट टाउकोमा चोट लागेका देव कुमार राजधामीलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा बिहान ६ बजेर ५ मिनेटको समयमा मृत्यु भएको इलाकामा प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार घटनास्थलमा प्रहरी चौकी भरौलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी टोली खटी अभियुक्त देवराज राजधामीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।