इटहरी : जिल्ला समन्वय समितिमा  नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार राजन मेहता जिसस प्रमुखमा विजयी भएका छन् भने उपप्रमुखमा काङ्ग्रेसकै कमला खतिवडा विजयी भएकी छिन् । 
स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर निर्वाचित हुने जिससमा अघिल्लो पटक पनि काँग्रेसले नेतृत्व गरेको थियो । १२ स्थानीय तहका २४ जनप्रतिनिधिले मतदान गर्दा मेहताले १४ र नेकपा एमालेका उम्मेदवार जग नारायण मेहताले १० मत पाए । उपप्रमुखमा पनि खतिवडाले १४ मत पाउँदा एमाले उम्मेदवार सबीना सिग्देल रेग्मीले १० मत पाएकी हुन ।
मेहता इनरुवा नगरपालिका वडा नम्बर २ र खतिवडा १ नम्बर वडाबाट वडा सदस्य निर्वाचित भएका थिए ।