झापा : झापाको चारआलीमा एक महिलाको शव फेला परेको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट महिलाको ब्याग फेला परेको छ ।