धरान : नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं. १ कार्यसमिति सुनसरीको कार्यवाहक सभापतिको जिम्मेवारी धरानका अजित लिम्बुले पाएका छन् । 

लिम्बुलाई निवर्तमान सभापति बालकुमार राईले केही दिन अघि कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । लिम्बुले कार्यवाहक सभापतिको जिम्मेवारी पाए लगत्तै नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं. १ कार्यसमिति सुनसरीले पूर्णता पाएको छ ।

कार्यसमितिको वरिष्ठ उपसभापतिमा  अनुल बास्तोला, उपसभापतिमा प्रवीण पराजुली र महेन्द्र राउत रहेका छन् । सचिवमा बादल राई र प्रताप बस्नेतलाई चयन गरिएको छ भने सह–सचिवमा दुशन नेम्बाङ, अङ्कित खड्का र निहाहाङ राईलाई चयन गरिएको छ । यस्तै, कोषाध्यक्षमा पुष्पा कटुवाललाई मनोनीत गरिएको छ ।

यस्तै, सदस्यहरूमा मनिष कट्टेल, सौगात गुरुङ, हुकुम भुजेल, सौगात भुजेल, अतुल अग्रवाल, राहुल शाह, नीरज राई, युगल बस्नेत, रिया कटुवाल, रञ्जन राई, मनिका श्रेष्ठ र सागर पोखरेललाई चयन गरिएको कार्यवाहक सभापति लिम्बुले जानकारी दिए ।

उनले अब चाडै नेविसंघ क्षेत्र नं. १ सुनसरी (क) र (ख)को संयोजक तोक्ने पनि बताए । विद्यार्थीको हकहितको लागि सक्रिय भएर आफ्नो कार्यसमितिले विभिन्न कार्यहरू गर्ने, पार्टीको निर्देशन तथा समन्वयमा विभिन्न कार्यक्रमहरू गर्ने पनि कार्यवाहक सभापति लिम्बुले प्रतिबद्धता जनाएका छन् ।