धरान : धरान-१४ विजयपुरको खानेपानी समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा अनुगमन गर्न आज मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघा विजयपुर पुगेका छन् । 

आज बिहान धरान-१४ को विजयपुर क्षेत्रमा पुगेर त्यहाँको खानेपानीको अवस्था र वितरण प्रणालीको बारेमा मेयर र उपमेयरले जानकारी लिनुका साथै विजयपुरको खानेपानी समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र स्थानियबासीसंग छलफल समेत गरेका छन् । 

धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेल सहित पुगेको मेयर र उपमेयरको टोलीले १४ नम्बर वडाको खानेपानी समस्या समाधान कसरी गर्न सकिन्छ यसबारेमा तुरुन्त सम्बोधन हुने गरी काम गर्न खानेपानी बोर्डलाई निर्देशन दिएको छ । 

धरान-१४ को मुख्य खानेपानी समस्या हुने गरेको क्षेत्र नारायणपुर, डाँडागाउ क्षेत्र भएकोले आज भन्दा २०,२५ वर्ष अघि ल्याइएको खानेपानीको पाइपबाट पानी वितरण गर्दा पानी नै नपुग्ने वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । त्यसैले खानेपानीमा केही राहतकालागि केही वर्ष पहिले विजयपुरको पञ्चकन्या जङ्गलमा २ लाख लिटर क्षमताको खानेपानीको रिर्जव टङ्की उपभोक्ताद्वारा निर्माण सम्पन्न भएको छ ।

सो टङ्कीमा पानी जम्मा गरेर वितरण गर्न पटक पटक वडाध्यक्ष भट्टराईले खानेपानी बोर्डसँग माग गरे पनि सम्बोधन नभएको कार्यपालिका बैठकमा कुरा राखेपछि आज मेयर र उपमेयरको टोली १४ नम्बर अनुगमनमा पुगेका हुन् । 

पञ्चकन्या जङ्गलमा बनेको रिर्जव टङ्कीमा तुरुन्त पानी झार्ने गरी काम गर्न मेयर हर्क साम्पाङले निर्देशन दिएका छन् । सो टङ्कीमा पानी पुर्‍याउनका लागि यस भन्दा अघि धरान-१३ को पुछार सम्म विस्तार भएको आइयुडिपी परियोजनाको खानेपानीको पाइपबाटै जोडेर लाने गरी काम हुने बोर्डका निर्देशक राजु पोखरेलले बताएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । 

मेयर र उपमेयरलाई अध्यक्ष भट्टराईले १४ नम्बर वडाको बारेमा वस्तुगत स्थितिको बारेमा जानकारी दिएका थिए । धरान-१४ मा पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै खानेपानीको चरम अभाव देखिन थालेकोले खानेपानीको पाइप समेत बढाउनुपर्ने वडाध्यक्ष भट्टराईले माग गरेका छन् । 

अनुगमनको क्रममा धरान-१४ का स्थानीयवासी, खानेपानीको कर्मचारी राहुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।  

14-No-Warda-anugaman-314-No-Warda-anugaman-114-No-Warda-anugaman-4