इटहरी  : इटहरीका व्यवसायीले बढ्दो व्याजदर र महंगीको विरुद्धमा बिरोध प्रदर्शन गरेका छन् । इटहरी चेम्बर अफ कर्मसको आयोजनामा व्यवसायीहरु आन्दोलनमा उत्रीएका हुन् ।

बैंकले बढाएको ब्याजदरले व्यवसाय धान्न नसक्ने अवस्था आएपछी विरोध जनाउनु परेको इटहरी चेम्बर अफ कमर्सका अध्यक्ष गणेश कटवालले बताए । ब्याजदरले सगरमाथा नाघिसक्दा समेत सरकार र नियामक निकाय मौन भएको उनको भनाई छ । पुँजिगत खर्च वृद्धी नहुने र अर्थमन्त्री आफ्नो स्वार्थमा मात्र लाग्ने प्रवृतीले अर्थतन्त्र धारासाही भएको उनको बुझाई छ । 

नेपालमा रहेका उद्योगमा कामगर्ने वातावरण सृजना गरि नीतिगत भ्रष्टाचार अन्त्य हुनुपर्ने उनीहरुको माग छ । इटहरी उपमहानगरपालिका कार्यलय अगाडी प्रदर्शन गरेका उनीहरुले आम्दानी कति छ र ब्याज तिर्नु ? भन्दै प्रश्न गरेका छन् ।

स्थिर ब्याजदर कायम गर, औधोगीक कच्चा पदार्थको आयातलाई सहजीकरण गर, भिख मागेर राज्य चलाउने अर्थनीति बन्दगर, मुल्यवृद्धी नियन्त्रण गर भन्ने जस्ता नारा लिएर उनीहरु आन्दोलनमा उत्रीएका हुन् ।

itahari-chamber-andalon-2