धरान : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलका एकै घर परिवारका ४ जनाले जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् । 

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया विष्ट, उनको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा लगिएकोमा उपचारको क्रममा ढक कुमारी बिस्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।

अन्य तिन जनालाई थप उपचारको लागी काठमाडौँ टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमाया बिस्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।