धरान : मोरङको बेलवारी नगरपालिका–४ बेतनामा गएराती ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक बेलवारी नगरपालिका–५ का २६ वर्षीय विक्रम राईको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।

घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।