धरान : मनसुन सुरु भएसँगै बाढी पहिरोमा परेकालाई कसरी उद्धार गर्न सकिन्छ भन्नेबारेमा बुधवार कोसी कटान क्षेत्रमा विपत् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास  भएको छ । 

जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा भएको सो विपत् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यासलाई कोसी गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकाले व्यवस्थापन गरेका थिए । विपत् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यासमा आगलागी भएमा कसरी उद्धार गर्ने ? बाढी र डुबान भए प्रभावितहरूलाई कसरी सुरक्षित उद्धार गर्न सकिन्छ भन्ने बारे कृत्रिम अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । 

बर्खायाममा तराई क्षेत्रमा बढी सर्पदंसका घटना हुने भएकोले सर्पदंशबाट कसरी सुरक्षित हुने ? सर्पदंश भयो भने कसरी उद्धार गर्ने र उपचार गर्ने भन्ने बारेमा जनचेतनामूलक कृत्रिम अभ्यास गरिएको थियो । विपद् सम्बन्धी कृत्रिम अभ्यास नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी सुनसरीले गरेका थिए । 

कार्यक्रममा सुनसरी जिल्लाका १२ वटै पालिकाका प्रमुख उपप्रमुख र जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, कृष्ण दल गण इटहरी, दुर्गा दल गुल्म कोसी टप्पु, जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो । 

Bipad-3Bipad-2Bipad-4Bipad-5