धरान : सुनसरीको कोसी गाउँपालिका–२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौहकीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोसी गाउँपालिका–२ बाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याब्लेट, लुपिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो ।

कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।