धरान : झापाको झापा गाउँपालिका–३ कल्लामारी स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।  

हिजो दिउसो सवा २ बजे  मे. १ त ४४१८ नम्बरको ट्याक्टरले  मे .११ प २८२२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा  घाइते भएका मोटरसाइकल चालक स्थानीय २० वर्षीय अख्तर अलिको उपचारको क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

उक्त ट्र्याक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।