झापा : भारतमा रेल दुर्घटनामा परि एक जना नेपाली युवकको ज्यान गएको छ।

झापाको काँकडभिट्टाबाट नजिकै रहेको भारतीय बजार पानीटंयाकी नजिकै रेल दुर्घटनामा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो। बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ। रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा खोरीबारी थानाले अनुसन्धान गरिरहेको छ भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ।