धरान : धरान-४ को छोटी मोरङ स्थित थाउजेण्ड विग बुद्ध एरियामा आज बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाको वातावरण महाशाखा र नगर प्रहरी शाखाको संयुक्त आयोजनामा भएको सो बृक्षरोपण कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहितको टोली गरी डेढ सय बढीको सहभागिता रहेको थियो ।
सो क्षेत्र धरानको जलाधार क्षेत्र भएको र खाली ठाउँ भएकोले वृक्षारोपण गरेको आयोजक नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । उनका अनुसार सिरिस, चिउरी, बर, पिपल, समी, रुद्राक्ष लगायतको २ सय बिरुवा रोपिएको छ ।
वृक्षारोपण गर्ने टोली बिहान ७ बजे धरान-१३ को बेसक्याममा भेला भएर धरान-४ छोटी मोरङ स्थित थाउजेण्ड विग बुद्ध एरियामा पुगेको थियो । जलाधार क्षेत्रको संरक्षण र त्यहाँ बोट बिरुवा रोपिएपछि भूक्षय नहुने भएकोले बर्खा याममा वृक्षारोपण गरिएको बताइएको छ ।
तस्बिर /भिडियो : कमानसिंह याम्फु

