धरान : इलाका प्रहरी कार्यालय धरानले शनिवार ठुलो मात्रामा लागुऔषध, हात हतियार सहित चोरी गरिएका सवारी साधन सहित घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानले अहिले सम्म ४१ वटा मुद्दामा ७५ जनालाई पक्राउ गरेको जनाएको छ । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा आफ्नै आमालाई जेठ ८ गते दिउसो अन्दाजी साढे १ बजेको समयमा धरान-१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको फेमिली क्वाटरमा बस्दै आएका सोही क्याम्पसमा लेखा प्रमुख सुरेश सुवेदीका २६ वर्षीय छोरा सौगात सुवेदीले ४६ वर्षकी आफ्नै आमा शान्ता दाहाल सुवेदीलाई धारिलो हतियार खुकुरीले शरीरको विभिन्न भागमा काटेर गम्भीर घाइते बनाई आफूले समेत घाँटीमा धारिलो हतियार चक्कुले काटी घाइते भएकोमा दुवै घाइतेहरूलाई उपचारको लागि तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । घाइते शान्ता दाहाल सुवेदीको प्रतिष्ठानमा उपचार हुन नसके पश्चात् थप उपचारार्थ विराटनगर न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा जेठ १० गते मृत्यु भएको थियो ।

सौगात सुवेदीले आफ्नै आमालाई खुकुरीले काटेको घटन सम्बन्धमा तत्काल घटनास्थल गई वारदातमा प्रयोग भएको खुकुरी तथा चक्कु समेत बरामद गरिएको छ । शान्ता दाहाल सुवेदीको मृत्यु पश्चात् घटना घटाउने सौगात सुवेदीलाई पक्राउ गरी अनुसन्धान पश्चात् सुनसरी जिल्ला अदालतबाट  जेठ ३० गते पुर्पक्षको लागि थुनामा पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

यसै गरी जेठ १२ गते बिहान अन्दाजी साढे ५ बजेको समयमा धरान -५ तल्लो देउराली सुन्दर बस्ती छेउ स्थित सेउती खोलाको बगरमा धरान-११ बिष्णुचौक बस्ने वर्ष ३१ को सन्दीप लम्जेलको मृत अवस्थामा लास फेला परेको थियो । सो घटना सम्बन्धमा अनुसन्धान गर्दा  सन्दीप लम्जेललाई कर्तव्य गरी मारेको भन्ने तथ्यहरू खुल्न आएको र उक्त घटना के कसले के कुन परिबन्धबाट घटाएको हो भनी सूक्ष्म अनुसन्धान गर्दा निज सन्दीप लम्जेललाई वर्ष १७ र वर्ष १३ को दुई बालकले छुरीले घोपी काटी ढुङ्गाले अनुहार तथा टाउको समेत किच्चाई कर्तव्य गरेर मारेको भन्ने खुल्न आएको थियो । 

Police-Press-Meet-2सन्दीप लम्जेलको हत्या भएको घटना सम्बन्धमा अनुसन्धान गर्दा दुई बालकले हत्या गरेको र घटनामा संलग्न मध्येका एक जनालाई मिति जेठ १३ गते धरान र अर्का बालकलाई धरानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा प्रयोग भएको छुरी‚ ढुंगा तथा मृतक सन्दीप लम्जेलले प्रयोग गर्ने गरेको को.२८ प २५६८ नं. को केटिएम डुक मोटरसाईकल, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल समेत पक्राउ परेका बालकबाट बरामद भएको थियो । हाल उक्त मुद्दाको अनुसन्धान समाप्ति पश्चात् सुनसरी जिल्ला अदालतमा पेस भएकोमा निर्णय हुन बाँकी रहेको बताइएको छ ।

यसै गरी जेठ ३१ गते बिहान अन्दाजी साढे १० बजे धरान-१० मुनाल चौक स्थित माया लिम्बुले सञ्चालन गरेको खाजा पसलमा खाजा खाई रहेका रामशरण केसीलाई धरान-५ बस्ने वर्ष २४ को सविन लिम्बुले धारिलो हतियार खुकुरीले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको घटनामा उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई वारदातमा प्रयोग भएको खुकुरी समेत बरामद गरी हाल ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ ।

जेठ २० गते बिहान साढे ११ बजे धरान-१९ स्थित सलुट गोर्खा ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्दै आएका मोरङ कानेपोखरी-७ घर भएका ललित सुनुवारलाई सोही ट्रेनिङ सेन्टरमा ट्रेनर रिचर्ड तामाङ लगायतका व्यक्तिहरूले सांघातिकरुपमा आक्रमण गरी छुरी प्रहार गरी घाइते बनाएका थिए । उक्त घटनामा संलग्न रिचर्ड तामाङ‚ मौसम लिम्बु र नाबालकहरू समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भई रहेको छ ।

Kathयस्तै जेठ १५ गते धरान-६ पानवारी बस्ने हस्त बहादुर श्रेष्ठको घरबाट ४×३ को ६ फिटको सखुवाको चिरान काठ ४० थान र ४×३ को ५ फिटको सखुवाको चिरान काठ ७२ थान समेत चोरी भएको थियो । चोरी भएका चिरान काठहरूको खोजतलास गर्ने क्रममा ४×३ को ६ फिटको सखुवाको चिरान काठ १२ थान, ४×३ को ५ फिटको सखुवाको चिरान काठ २६ थान समेत बरामद गरी चोरीको घटनामा संलग्न धरान-६ पानवारी बस्ने सुन्दर लिम्बु, भुवन सुयँल, शिव मगर, विकास भन्ने भरत बलम्पाकी मगर, पदम विसुंके, विपिन लकान्द्री, विशाल कार्की र नाबालक एक जना समेतका प्रतिबादीहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान इलाका प्रहरी कार्यालयले गरिरहेको जनाइएको छ  । 

यस्तै जेठ २० गते राती ११ बजे धरान-१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ट्रपिकल वार्ड भवन छेउमा पार्किङ गरी राखेको प्रदेश १–०२–०४६ प ९१०९ नम्बरको १५० सी.सी.को मोटरसाइकल र प्रदेश १–०१–०१५ प ३९३ नम्बरको कालोमा रातो रङ्गको बजाज कम्पनीको २२० सी.सी. को मोटरसाइकल समेत गरी दुई थान मोटरसाईकल चोरी गरी लैजान लागेको अवस्थामा जिल्ला धनकुटा चौबिसे गाउँपालिका वडा नं. ५ बोधे हाल जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १५ वरगाछीमा डेरा गरी बस्ने विजय भन्ने डिल्लिश्वर विश्वकर्मा र जिल्ला धनकुटा सागुरीगढी गाउँपालिका वडा नं. ८ महाभारत घर भई हाल जिल्ला सुनसरी धरान उप–महानगरपालिका वडा नं. ८ भोटेपुलमा डेराभाडामा बस्ने अम्मर बराइली विश्वकर्मालाई पक्राउ गरी चोरी कसुरमा थप अनुसन्धान भई रहेको छ ।

Police-Press-Meet-1यसैगरी जेठ ३० गते बिहानको राती अन्दाजी ०१ः१५ बजेको समयमा धरान-१८ वीपी कोइराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डको पार्किङमा राखेको को.२८ प ८९८९ नम्बरको २२० सी.सी.को मोटरसाइकलको तार काटी हेण्डल लक तोडेर चोरी गरी लैजाँदै गर्दा जिल्ला धनकुटा सहिदभुमी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० को अश्विनी राईलाई प्रहरीले फेला पारी चोरी भएको मोटरसाईकल बरामद गरी हाल चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

जेठ २५ गते बिहानको ०१ः३० बजेको समयमा धरान-११ कुबिरता चौकमा कोठा भाडा लिई बस्ने सरोज कुमार ठाकुरको कोठाबाट आईएमइआई नम्बर–८६४६२५०३४२५६०१५, ८६४६२५०३४२५६००५ भएको इएएइ मोबाइल थान १‚ आईएमइआइ–८६१४९५०४९९९२४९८, ८६१४९५०४९९९२५०६ भएको रेडमी मोबाइल थान १ समेत चोरी गरेको कसुरमा धरान-११ मङ्गलवारे चौक बस्ने  वर्ष २० को आशिष् गुरुङलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

जेठ ३१ गते बिहानको राती धरान उपमहानगरपालिका वडा नं. ५ देउराली स्थित अभिकेशर विश्वकर्माको घरेलु हतियारहरू निर्माण गर्ने आरनमा रहेको विभिन्न फलामको घरेलु हतियार खुकुरी, गैँती, काँटा समेतका सामानहरू चोरी भएको र अनुसन्धानको क्रममा धरान-५ बस्ने वर्ष २२ को म्याकिस लिम्बु‚ वर्ष १९ को भुपेन बि.क. र वर्ष २३ को अर्जुन रसाइली समेतलाई चोरी भएको दाप सहितको खुकुरी थान ३, दाप नभएको खुकुरी थान ४, गैँती थान १, दाउ थान ४, काँटा गैँती थान १ र खुँडा थान २ सहित पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भई रहेको छ । 

Police-Press-Meet-3यसैगरी यस आर्थिक वर्षमा जम्मा ७५ जना मानिसहरूलाई विभिन्न प्रकारको लागु औषध सहित पक्राउ गरी अनुसन्धान भएको र ३६ जनालाई नियन्त्रित औषधी सहित पक्राउ गरी थप अनुसन्धानको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  लागु औषधमा एभिल ८० एम्पुल‚ लुपिजेसिक ९५ एम्पुल‚ डाईजेल्याब ९४ एम्पुल‚ फेनारगन ३७ एम्पुल‚ डाईलेक्स डी.सी. १८ बोतल‚ नाईट्रोसन ३७४ चक्की‚ ब्राउन सुगर ५५ ग्राम ६०० मिलिग्राम‚ गाँजा ६ केजी ३५० ग्राम र नियन्त्रित औषधीमा स्पास्मो प्रोक्सिभन १४३५ क्याप्सुल‚ स्पासपेन–१८८४६, ओपोटाव ४३५, डिसकोलक २३८८, ट्रामाओल ५१०७, ट्रामाडोल १३९९५, टापेन ४०, ट्रामाटस ५५ बरामद भएको छ । 

यस्तै धरान-१७ उदय सामुदायिक वनमा च्याऊँ खोज्न गएकी वर्ष ५६ की अपाङ्ग महिलालाई धरान-१७ सङ्गम चौक बस्ने वर्ष ४२ को श्यामकुमार धामीले जेठ २८ गते बिहानको अन्दाजी १० बजेको समयमा जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा पक्राउ गरी हाल अनुसन्धान भई रहेको छ । 

वैशाख १२ गते मंगलबार बिहानको ११ बजेको समयमा धरान-१६ जोर सखुवा डेरा गरी बस्ने वर्ष ३१ को पुरुषले नातामा झड्केलो बाबु तर्फकी नववालिका १४ वर्षकी बहिनीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी परेको हुँदा निजलाई जेठ २ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

Police-Press-Meet-5