धरान : मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । 

मोरङको जहदा गाउँपालिका–४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखिया जेठ ३ गते माइत जान्छु भनी हिँडेकोमा शनिवार बिहान घर देखी केही  मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेकी थिइन् । 

इलाका प्रहरी कार्यालय पोखरीयताबाट प्रहरी टोली खटी गई मृत शवको उद्धार गरी परीक्षणको लागी कोशी अस्पताल पठाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।  

यसै गरी  मोरङकै रतुवामाई नगरपालिका–१ मुस्लिमटोल बस्ने साकिर आलमका २ वर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिवार अपराह्न साँढे ५ बजे घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेका थिए । 

इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।