धरान : धरान उपमहानगरपालिका–५ बाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गाँजाको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको थियो ।

पसलबाट गाँजा बरामद भएसँगै सञ्चालकलाई समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।