धरान : मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको  डेराबाट १ थान पेस्तोल बरामद भएको छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङले विगत १ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जना मानिस २१ थान मोटरसाइकल सहित पक्राउ गरेको थियो ।

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउन्ड र म्यागेजिन १ थान भएको खुले सँगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।